६ जेष्ठ २०८३, बुधबार 1779329137
कुटनीतिक

भारतद्वारा नेपालका विभिन्न विद्यालयहरूलाई स्कुल बस उपहार

काठमाडौँ । भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ । 

नेपालस्थित भारतीय दूतवासले बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको छ । 

दूतावासका अनुसार सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई सो बस उपहार दिइएको हो ।  खासगरी कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरू तथा दुर्गम जिल्लाहरू हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछामलगायत ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ । भारत सरकारले नेपाल र भारतबिचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो उपचार प्रदान गरेको दूतावासले जनाएको छ ।  

विगत तीन दशकमा, भारतले नेपालका विभिन्न विद्यालयलाई ३८१ वटा स्कुल बस प्रदान गरेको छ ।