२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:16 am
Banner

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

सूचना प्रेस २०८२ कार्तिक १४ शुक्रबार ००:००, १८:४१ बजे १ मिनेट पढाइ

गोरखा, १४ कात्तिक । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिनुभयो । न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उहाँले बताउनुभयो । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ ।

टाउको मात्र देखिएको छ, उहाँले भन्नुभयो, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।” त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उहाँले बताउनुभयो । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उहाँले भन्नुभयो । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उहाँले बताउनुभयो ।