११ मंसिर २०८१, मंगलबार 1732610211
प्रदेश

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक समक्ष दिउँसो प्रस्तुत गर्ने कार्यतालिका छ ।

गएको सोमबार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहे पनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम बुधबारको लागि सारिएको हो ।