३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 3:15 pm
समाचार

संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई गरियाे सम्मान

सूचना प्रेस २०८३ जेष्ठ १९ मंगलबार ००:००, १४:५२ बजे १ मिनेट पढाइ

काठमाडौँ : संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ ।

मंगलबार सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शेर्पालाई सम्मान गरेका हुन्।

हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित गएको जेठ १३ गते बुधबार बिहान ५:४० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। सभामुख अर्यालले नै सांसद शेर्पालाई उक्त आरोहणका लागि बिदाइ गरेका थिए।