३ मंसिर २०८१, सोमबार 1731909353
Banner

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता आज चयन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता आज चयन गर्दैछ । त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम पनि राखिएको छ । बधाई कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने सो पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।