१० कार्तिक २०८१, शनिबार 1729987998
पालिका

बूढानीलकण्ठभित्र सञ्चालित शैक्षिक संस्था अनुगमनका लागि समिति गठन

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सामुदायिक ,संस्थागत ,धार्मिक तथा अन्य प्रकृतिका शैक्षिक संस्था अनुगमनका लागि अनुगमन समिति गठन गरेको छ ।

नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुका विविध पक्षहरुको अनुगमनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सो समित गठन गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले प्रमुख प्रसाशाकीय अधिकृत तुलसीराम अर्यालको संयोजकत्वमा चार सदस्य समिति गठन गरिएको हो । सो समितिमा शिक्षा ,खेलकुद तथा युवा महाशाखाका प्रमुख ललित विक्रम सिंह , नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती की संयोजक शान्ता ढकाल पुडासैनी र शिक्षा अधिकृत अनिता खनाल छन।

सो अनुगमन समितीले नगरपालिका भित्रका विधालयहरुको भौतिक ,शैक्षिक , छात्रवृति ,सेवा सुविधा सहित विविध पक्षहरुका वारेमा अनुगमन गरेर प्रतिवेदन तयार पार्नेछ।

त्यस्तै शिक्षा समितीको सो बैठकले आगामी शिक्षा दिवसलाई भव्य रुपमा मनाउनका लागि नगरपालिकाका सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीको संयोजकत्वमा आयोजक समिती पनि गठन गरेको छ।

उक्त समितीको सदस्यहरुमा विभिन्न शिक्षक संघ संगठन , विधालयहरुका संघ संगठन तथा अन्य पेशागत समितीका प्रतिनिधिहरु रहने नगरपालिकाले जानकारी दिएको छ ।