१२ कार्तिक २०८१, सोमबार 1730153936
Banner

ललिता निवास प्रकरणका प्रतिवादीविरुद्ध किर्ते अभियोगमा मात्र मुद्दा दर्ता

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरूलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणका २ सय ९० प्रतिवादीविरुद्ध संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आइतबार प्रकरणमा मुछिएकाहरुविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको छ।