११ कार्तिक २०८१, आइतबार 1730016650
समाचार

यस्तो छ, आजको मौसम

काठमाडौं । मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको जनाएको छ।यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको विभागले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

बुधबार र बिहिबार पनि वर्षा कायमै रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

बुधबार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।, महाशाखाले जनाएको छ, बिहीबार अन्य प्रदेशमा सामान्य वर्षा हुनुका साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Tags :