१० कार्तिक २०८१, शनिबार 1729959049
Banner

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् ।

आज नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गरी मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन ।

एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उनले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।