१० कार्तिक २०८१, शनिबार 1729937256
अर्थ

लगानीबारे शिक्षा र गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा

काठमाडौं । लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा आएको छ ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सोमबार धितोपत्र बोर्डले सोमबारबाट लगानीकर्ताको शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइमा आधारित च्याबट सञ्चालनमा ल्याएको हो ।

सोको उद्घाटन एक कार्यक्रमका बीच अर्थमन्त्री डा प्रकाशशरण महतले गरेका छन् । महतले उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए ।

लगानीका नयाँ–नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’

नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताए ।

नियामकको केही माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय आउने अपेक्षा गरेको बताए । साना लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने र सही सूचना दिन जरूरी भएको बताए ।