७ मंसिर २०८१, शुक्रबार 1732319092
Banner

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात तीन दिनभित्र पेश गर्न निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु सरकारसँग मागेको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषवाट सम्पादित कामकारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेको थियो ।

छलफलमा सांसद एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए । समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्णय छ । यही पुस ४ गते पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।