काठमाडौं : झापामा साथीको कुटपिटबाट दुई युवकको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ छ। प्रहरीका अनुसार एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटलेदुवै घाइते भएका छन्। उपचारको क्रममा शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।


