मोरङ- कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले विधेयक पेश गर्ने निर्णय गरेको र विधेयक पास भएपछि भाषा आयोगले सिफारिश गरे अनुसार कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिनुभयो । मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय गरेकेा छ । प्रदेश सरकार कोशी प्रदेशले प्रदेश सरकारको उपस्थिति नदेखिए जस्तो भएकोले प्रदेश सरकारको नामाकरण परिवर्तन गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेकेा मन्त्री भण्डारीले बताउनुभयो । उहाँले कोशी प्रदेश तथ्यांक सम्बन्धी विधेयक पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।


