२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:50 am
अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सूचना प्रेस २०८३ श्रावण २० बुधबार ००:००, ११:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४ हजार २ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।