काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले रसुवा बाढी पीडितलाई २ लाख सहयोग गरेका छन् । हिजो गएको बाढीले व्यापक धनजनको क्षति भएपछि महजोडीले प्रधानमन्त्री राहात कोषमा २ लाख सहयोग गरेका हुन् ।
‘बाढीको वितण्डताले देश रोइरहेको बेला पक्षविपक्ष नभनी देश विदेशमा रहेका नेपालीहरुलाई प्रधानमन्त्री राहत कोशमा आफ्नो गक्ष अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह)बाट एक/एक लाख गरी २,००,००० (दुई लाख रुपैयाँ ) प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दछौँ,’ मह जोडीले भनेका छन् ।

