१४ भदौ २०८३, आइतबार 1788116009
समाचार

कांग्रेसले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने भएको छ। आज बसेको पार्टी बैठकले पार्टीका नेता कार्यकर्ताबाट जम्मा भएकोसहित पार्टीको तर्फबाट एकमुष्ट १ करोड प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । यस्तै बैठकले सहयोग गर्न चाहनेलाई कोषमा रकम सहयोग गर्न आग्रह पनि गरेको छ ।

विपद्बाट प्रभावित जिल्लाका पार्टी नेतृत्व एवं सदस्य साथीहरू, जिल्ला सम्पर्क समितिहरू, भ्रातृ सङ्घ शुभेच्छुक संस्थाहरूलाई हराइरहेका नागरिकलाई खोजी गर्न, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत उपलब्ध गराउन, स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा परिचालित हुन पुनः आग्रह गरेको पनि उनले जानकारी दिए ।