काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार रुपैयाँ जम्मा गर्ने भएका छन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूको तर्फबाट जनही १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो ।
यसअघि रास्वपाले पार्टीको तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा भई जाने मासिक लेवी समेत समावेश गरिएको बुर्लाकोटीले बताएका छन् । सांसदहरुबाट १५ हजार रुपैयाँका दरले जम्मा गर्दा २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने जनाइएको छ ।

