१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:20 pm
समाचार

बाढीले आरूघाटको पक्की पुल बगायो

सूचना प्रेस २०८३ आश्विन २५ आइतबार ००:००, १०:२३ बजे १ मिनेट पढाइ

काठमाडौं : बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ। आरूघाट गाउँपालिका वडा-९ नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले जानकारी दिए। ‘पक्की पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको छ,’ उनले भने।

आरूघाट बजार भने खाली गराइएको छ। आरूघाटमा बूढीगण्डकीको जलसतह खतराको तहभन्दा अत्यधिक बढेपछि बजार खाली गरिएको इन्स्पेक्टर कँडेलले जानकारी दिए। अहिले पनि जलसतह नघटेको उनले बताए।