१० मंसिर २०८१, सोमबार 1732548567
पालिका

सरकारले सहयोग नगरेको मेयर बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरपालिको गर्ने कामका बारेमा नबुझदा गल्ति भइरहेको आरोप लगाउनुभएको छ । सुनधाराको जीर्णोद्धारमा सरकार संवेदनशील नभएको बारे बोल्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारले काम गर्न सकेन नबुझेर गल्ति भएको हो की ? पुरातत्व, सम्पदा, सभ्यता र स्थानीयसँगको अस्तित्व सरकारले स्वीकार्न सकिरहेको छैन ।’

सरकारको प्राथमिकता गलत भएको भन्दै शाहले दिगो विकासका लागि स्थानीयको माग सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, पानी ल्याउने काममा पनि टार्ने काम भइरहेको छ । अहिले संरक्षण गर्न नसक्दा भइरहेका संरचनापनि भत्किदै जाने अवस्थामा छन् ।’ उहाँले ढुङ्गेधाराबाट पानी ल्याउन खोज्दा पनि सहयोग नपाएको गुनासो गर्नुभयो ।