८ मंसिर २०८१, शनिबार 1732418248
Banner

आइसिसी विश्वकप लिग २ : नेपाल र युएई भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरू हुने खेलमा उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगमी ४ वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।

पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ।

लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ।