१० कार्तिक २०८१, शनिबार 1729995786
अर्थ

स्यानिटरी प्याडमा किन लजिकल महसुल ?

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा उत्पादित र बाहिरबाट आयातित स्यानिटरी प्याडमा फरक फरक भन्सार महसुल राखिएको बताएका छन् ।

सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

स्यानिटरी प्याड नेपालमा उत्पादन भइरहेको बताउँदै त्यसलाई प्रोटेक्सन गर्न जरुरी भएको उनले बताए ।

स्थानीय उत्पादकहरु निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताउँदै उनले कच्चा पदार्थ आयत गरी उत्पादितलाई एक प्रतिशत र बाहिरबाट आयातितको उपयोग त्यही तहका ग्राहक गर्ने भएकाले ५ प्रतिशत कर लगाइएको बताए ।

उनले भने, ‘यहीँ लोकल उत्पादनलाई मद्द पुयाउन एक प्रतिशत भन्सार दस्तुर र जो रेडिमेड बाहिरबाट अलिक महँगो खालका आउँछन् । त्यसको उपयोग त्यहीँ तहका उपभोक्ताले गर्ने भएकाले पाँच प्रतिशत भन्सार महसुल लगाइएको हो,’ जो यही उत्पादित गरी भ्यालु एडिसन गर्छ उनीहरुलाई कम्तिमा पनि एक तहको प्रोटेक्सन दिने र रेडिमेड ल्याउनेलाई पाँच प्रतिशत लजिकल महसुल राखिएको हो ।’

Tags :