काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
१४ वर्षीय वर्षीया बालिकामाथि जबरजस्तीकरण गरेको अभियोगमा रामेछाप नगरपालिका–८ बाबियाखर्कका ३७ वर्षीय भुपेन्द्र भुजेल पक्राउ परेका हुन् ।
बालिकालाई जबरजस्ती करणी गरेको जानकारी आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।