८ मंसिर २०८१, शनिबार 1732373073
प्रदेश

जनमतले मधेश प्रदेश सरकार छाड्यो

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यावदलेजनता समाजवादी पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको  बताउनुभयो ।

मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री हुनुहुन्छ ।

समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिनुभएकाे छ ।