१२ श्रावण २०८१, शनिबार 1722081890
कला/साहित्य

अडियो डिस्किृप्टिड सहितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । व्लाईन्डरक्स नामक संस्थाले दिष्टिविहिन तथा अपांगता भएका व्यक्ति ,यौनिक तथा लैगिंक अल्पसंख्यकलाई समेटेर सिक्का नामको अडियो डिस्क्रिप्टिड म्युजिक भिडियो सार्वजनिक गरेको छ । जसरी एउटा सिक्काका दुईवटा पाटो हुन्छ त्यसैगरी यो समाजमा रहेका हरेक व्यक्तिहरुको समान सहभागिताविना समाज पुर्ण हुदैनो भन्ने सन्देश सहितको यो म्युजिक भिडियो बजारमा ल्याईएको हो ।

सो म्युजिक भिडियोेमा रचनाकार संगितकार निर्देशक , सम्पादक तथा कलाकारहरु दिृष्टिविहिन ,अपांगता भएका व्यक्ति, यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई समावेश गरेर तयार पारिएको छ । नेपालको संविधानमा हरेक नागरिकको अधिकारलाई मौलिकहकको रुपमा स्थापित गरिएको छ । तर नेपाली चलचित्र म्युजिक भिडियो तथा अन्य डकुमेन्ट्रिहरुले प्रदान गर्ने सुचना र सन्देशबाट दिृष्टिविहिनहरु वन्चित भएको भन्दै व्लाईन्डरक्स नामक संस्थाले तेस्रो पटक अडियो डिस्किृप्टिड सहितको म्युजिक भिडियो निर्माण गरेको हो ।

म्युजिक भिडियो प्रर्दशनिको आयोजना समारोहमा व्लाईन्ड रक्स नामक संस्थाका संस्थापक तथा अध्यक्ष सृष्टि केसिले म्युजिक भिडियो तथा चलचित्रबाट प्रदान गरिने समाजिक सन्देश र सूचनाबाट दिृष्टिविहिन वन्चित हुनुभनेको सो समुदायले संविधानले ग्यारेन्टि गरेको मौलिक हकको उपभोग गर्न नपाउनुहो भन्दै आगामि दिनमा बन्ने चलचित्र तथा म्युजिक भिडियो दिृष्टिविहिन मैत्रि बनाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।

साथै वहाँले समाजमा समेत सम्पुर्ण दिृष्टिविहिन तथा अपांगता भएका व्यक्तिलाई कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले समाजमा प्रतिष्ठानले आगामि दिनमा गर्ने हरेक क्रियाकलापहरु समावेशि किसिमले अगाडि बढाउने वताउनुभयो । कार्यक्रममा यस म्युजिक भिडियोका निर्देशक प्रविन श्रेष्ठले समाजले अमmैपनि अपांगता भएका व्यक्तिहरुको क्षमतालाई स्विकार नगरेको वताउदै परिवर्तनको सुरुवात हरेक घरघरबाट हुनुपर्ने वताउनुभयो । दिृष्टिविहिन तथा अपांगता कुनैव्यक्ति कुन समयमा हुन्छ भन्ने नसकिने भएकोले प्रत्येक परिवारले यो यसलाइ अपनत्व लिएर उनिहरुलाई हेर्ने दिृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको वताउनुभयो । यसैगरी यस म्युजिक भिडियोका सम्पादक मधुसुदन घिमिरेले अडियो डिस्क्रिप्टिड म्युजिक भिडियो केवल दिृष्टिविहिनका लागि मात्र उपयोगि नभएर अन्य समुदायले पनि यसको लाभ लिन सक्ने वताउनुभयो ।

कार्यक्रममा व्लाईन्डरक्सको १० औ वार्षिकउत्सवको अवसर पारेर पहिलो महिला दिष्टिविहिन रोशनि अधिकारीलाई सम्मान सहित पुरस्कृत समेत गरिएको थियो ।