३० असार २०८३, मंगलबार 1784054549
कला/साहित्य

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

काठमाडौं-शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ। सिरहास्थित आफ्नै घरमा उहाँको आज बिहान निधन भएको हो।

६९ वर्षीय कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थो। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किनुभएको थियो।

पछिल्ला ४० वर्षदेखि उनी काठमाडौँमा बसेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गरिरनु भएको थियो।

शास्त्रीय संगीतका गुरु कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो।