३१ भाद्र २०८१, सोमबार 1726537541
Banner

गोदावरी नगरपालिकाका मेयर महर्जन र उपमेयर अधिकारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले उनीहरुलाई सफाइ दिएको हो ।