५ आश्विन २०८१, शनिबार 1726902635
Banner

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस

काठमाडौं – परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रुपमा नियुक्त भएकी थिइन् ।