५ आश्विन २०८१, शनिबार 1726961053
Banner

सोलुखुम्बुमा बाढीमा फसेका ७ जनाको उद्धार, १ जना बेपत्ता

काठमाडौँ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा आएको बाढीबाट ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले आज दिउँसो २ बजे आएको बाढीमा फसेका ७ जनाको उद्धार गरेको हो । प्रहरीका अनुसार बाढीमा परी एक जना सम्पर्कविहीन भएका छन् ।

हालसम्म बाढीको कारण १२ वटा घर र विद्यालय बगाएको छ । बगाएका १२ घरमा केही होटलसमेत रहेका छन् । थामेमा ७ वटा घर उच्च जोखिममा छन् ।

दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचना दिइसकिएको प्रहरीले जनाएको छ । हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ । अहिले थामेमा आएको बाढी घटेको छ ।