५ आश्विन २०८१, शनिबार 1726950932
Banner

सोलुखुम्बुको थामेमा हिमपहिरोसहित ठुलो बाढी

काठमाडौं । सोलुखुम्बुको थामे क्षेत्रमा हिम पहिरो गएका कारण दुधकोशी नदीमा ठुलो बाढी आइरहेको छ । हिमपोखरी फुटेर आएका बाढीका कारण थामे गाउँमा ठूलो क्षती भएको विवरणहरू आइरहेका छन् । यद्यपि अहिलेसम्म के कति क्षती भयो विवरण आउन बाँकी नै छ ।

दुधकोशी नदीको शिरमा हिम पहिरो फुटेर बाढी आएका कारण तल्लो भेगका स्थानीयहरू सचेत हुनु पर्ने देखिएको छ । दुधकोशी नदी सोलुखुम्बु , खोटाङ, ओखलढुङ्गा हुँदै बगेर उदयपुर स्थित सुनकोसी नदीमा मिसिने गर्दछ । बाढी ठुलो आएमा खोटाङको ड्याम्लीटार, रबुवा,हात्तीटार, जयरामघाट, ओखलढुङ्गा जिल्लाको ठुलीबेशी लगायतका स्थानमा असर पु¥याउने सम्भावना भएकाले स्थानवासीलाई सचेत रहन आग्रह गरिएको छ ।