४ आश्विन २०८१, शुक्रबार 1726835681
पालिका

जनताले एमालेलाई मत दिएर सम्मान गर्छन : दिनेश महर्जन

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्वर ४ लाई नेकपा एमालेको लाल किल्ला बनाउने वडा अध्यक्षका उमेदवार दिनेश महर्जनले बताउनुभएको छ । घरदैलो अभियानमा जनताको हौसला पाएको वताउँदै उहाँले चुनावबाट सम्मान गर्ने वताउनुभयो । चुनाव जिते ५ बर्षको अवधिमा सुशासन, भौतिक विकास, सार्वजनिक सम्पतिको संरक्षण, स्वास्थ्य बिमा कार्यक्रम, प्राकृतिक विपद तथा महामारी नियन्त्रण, वातावरणको संरक्षण, अशक्क्त तथा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, शिक्षा तथा सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि आफुले काम गर्ने बताउनुभयो । जनताका न्युनतम आधारभूत आवश्यकता नै आफनो चुनावी एजेन्डा भएको बताउने दिनेशलाई घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने आश्वासन पाएको बताउनुभयो ।

घरदैलो अभियानमाम नेकपा प्रदेश सदस्य नारायण सिलवाल, अध्यक्षका उमेदवार दिनेश महर्जन, दलित महिला सदस्य कल्पना सार्की बयलकोटी, महिला सदस्य सन्ध्या खनाल, खुला सदस्य नविन मैनाली, खुल्ला सदस्य सरु अधिकारी , जिल्ला कमिटिका सदस्य, नगर कमिटिका सदस्य साथै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।