४ आश्विन २०८१, शुक्रबार 1726834525
पालिका

सुकुम्बासीका लागि लालपुर्जा दिलाउन पहल गर्छु : बिरेन्द्र प्रजापति

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बिरेन्द्र प्रजापति काठमाडौं महानगरपालिका वडा नं ५ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । घरदैलो अभियानमा खटिनुभएका प्रजापतिले आफुले चुनाब जिते ५ बर्ष जनताको सेवामा समर्पित गर्ने बताउनुभएको छ ।

चुनाब जिते यस्ता छन् उहाँले गर्ने दीर्घकालिन योजना

सुकुम्बासी तथा घरको पुर्जा लिन नसकेकाहरुका लागि विशेष प्राथमिकता दिई पुर्जा दिलाउने
वडा भित्रका बाटोहरु जथाभावी खन्न नदिइ रोकी राख्ने र सवैको घरमा ढल र पानीको सुविधा पुरयाउन पहल गर्ने
हाँडीगाँउको चारकिल्ला भीमसेन स्थान, कृष्णमन्दिर, नाट्येश्वर, भाटभटेनी, नारायणथान, धन्वन्तरी, र कोटालटोल लगायत मन्दिरको बाहिरी भागमा मौलिक संस्कृति झल्कने गरि पुरातात्विक शैलीमा निमार्ण कार्य सम्पन्न गर्ने
वडामा किरियापुत्री बस्ने भौतिक पुर्वाधारको विकास गर्ने
वातावरण राम्रो बनाउन शैक्षिक संस्थाहरु संघ संस्थालाई परिचालन गर्ने
सामाजिक विकृति, विसंगति, लागु औषध दुव्यवसनी मुक्त एवं घरेलु हिंसा न्युनिकरण गर्न सामुदायिक प्रहरीलाई व्यवस्थित गर्ने
ऐतिहासिक महत्व बोकेको हाँडीगाँउ क्षेत्रका वासिन्दाको आय आर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन गुरुयोजना बनाउने