६ जेष्ठ २०८२, मंगलबार 1747803655
प्रदेश

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा भनिएको छ ।​