१७ बैशाख २०८३, बिहिबार 1777595124
कला/साहित्य

गायिका चौहान अपमानजनक टिप्पणीविरुद्ध साइबर व्युरो गएपछि…

काठमाडौँ- ‘पढ्दै नसक्ने अपमानजनक कमेन्ट अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’–गायिका एलिना चौहानले भन्नुभयो, ‘गालीलाई स्क्रिन सट गरेर सार्वजनिक गरेपछि अहिले धेरैले माफ मागिरहेका छन्।’

गायिका चौहनाले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भएपनि ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ भनेर सार्वजनिक गर्न थालेपछि यस्तो प्रतिक्रिया दिनेले धमाधम माफ माग्न थालेका छन्।

गीतको प्रक्रिक्रियामा अपमानजनक गालीगलौज बढ्दै गएपनि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको साइबर व्युरोमा उजुरी दिएपछि माफ माग्नेको सङख्या अझै धेरै बढ्दै गएको छ।

‘डिर्भोसपछि गायिक एलिना चौहानले यस्तो गीत गाईन, डिर्भोसपछि यस्तो…मेरो त नामकै ठाउँमा डिर्भोसजस्तो भयो, फेरि जोडियो सम्बन्ध, के के हो के के ?’ –बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साईबर व्युरोमा गएर उजुरी गरे, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु।’

सामाजिक सञ्जालको नामकमा जे पनि लेख्न नहुने भन्दै उहाँले जोड्नुभयो, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाईदैन ? व्यक्तिगत कुरामा गएर तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझन जरुरी छ।’

सुझावका लागि कमेन्ट गर्न मन छ भनेर बरु प्रतिभामा प्रतिक्रिया दिएको उहाँलाई राम्रो लाग्छ। ‘तेरो स्वर मन पदैन भन्नु म केही भन्दिन, मलाई राम्री राजकुमारी भन्नुपर्छ भन्ने पनि छैन’–उहाँले थप्नुभयो, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले त कतै कि खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढन मिल्ने खालको होस न।’

कलाकारिताको दृष्टिकोणले कलामा प्रतिक्रिया दिएको उहाँलाई राम्रो लाग्छ तर पढ्नै नसक्ने खालका अश्लील गालीगलोजले मानसिक तनाबका साथै परिवारमा ठूलो तनाब सिर्जना भएको अनुभव उहाँले सुनाउनुभयो ।

‘भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने गर्दाले धेरैको जीवन वर्वाद भएको छ, यस्तो कुराले त्यो व्यक्तिमा र परिवारका मान्छेलाई के बित्छ भन्ने सोच्दैनन्’–उहाँले आफ्नो पीडादायी अनुभव सुनाउँदै थप्नुभयो, ‘त्यसैले यो कदम उठाउन बाध्य हुनुपर्यो ।’ सामाजिक सञ्जाल नै नै गाली खान भएको जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खाने नभएको उहाँको भनाई थियो ।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उहाँले खुशी लाग्यो गदै यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको सुनाउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेख्नुभएको थियो, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ र्डोयाउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगका प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल: अवसर र चूनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अर्मादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिनुभएको हो।

सामाजिक सञ्जाल आधुनिक समाजको अंक बन्दै जादा त्यसको सदुपयोग गर्दा प्रशस्तै अवसर र दुरुपयोग गर्दा धेरैको व्यक्तिगत गोपनियता र ज्यानमा समेत जोखिममा पर्दै गएको छ।

‘छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जंगलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ” सञ्चारविज्ञ भूवन केसीले भन्नुभयो,’सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुसाहित गरी अधिकतम सदुपयोग गर्र्ने प्रणालीको विकास गर्नुपर्छ।’

उहाँले सूचना आगोजस्तो भएको उदाहरण दिदै भन्नुभयो,’सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।’

सामाजिक सञ्जाल एउटा महत्वपूर्ण अवसर भएपनि त्यसको दुरुपयोग गर्दा धेरैको व्यक्तिगत जीवनमा नराम्रो अवसर परिहरको छ ।
‘सामाजिक सञ्जाल एउटा अवसर हो, यसको सदुयोग गरेमा ठूलो सामाजिक परिर्वतन ल्याउन सकिन्छ, संसारभरी एकपटक सकरात्मक सन्देश पु¥याउन सकिन्छ’–नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले भन्नुभयो,’सामाजिक सञ्जालमा आएका सबै समाचार होइनन्, व्यक्तिगत विषय हो वा सार्वजनिक विषय हो, प्रयोगकर्ताले छुट्याउन जरुरी छ, सूचनाबाट अफबाह फैलाउन हुदैन ।’


जानीजानी अमार्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उहाँको भनाई थियो। अध्यक्ष शर्माले क्यामेरा बोकेर हिड्ने र कन्टेन्ट क्रिएट गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधै जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस भन्ने उद्देश्ले छलफलको आयोजना गरेको अवगत गराउनुभयो।- रासस