रुस । रुसमा शक्तिशाली भूकम्प गएको छ । रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो ।

यसैगरी अलजजीरा र सीएनएनको समाचारमा रुसमा ८.७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख छ । भूकम्प गम्भीर र दशकौंका परकम्पहरूमा सबैभन्दा शक्तिशाली थियो। जापानमा पनि भूकम्पको प्रभाव देखिएको छ । भूकम्पपछि सुनामी चेतावनी जारी गरिएको छ । उत्तरपश्चिमी हवाई टापुहरू र रूसको तटीय क्षेत्रहरूमा ज्वारभाटाको स्तरभन्दा ३ मिटर (१० फिट) भन्दा माथि सुनामी छालहरू आउने अनुमान गरिएको छ ।
एजेन्सीले जापानको प्रशान्त तटमा १ मिटरसम्मको सुनामी चेतावनी जारी गरेको छ। सुनामीको खतरापछि रूसको सखालिन क्षेत्रको सेभेरो–कुरिलस्कको सानो शहरबाट मानिसहरूलाई अन्यत्र सार्ने काम भैरहेको समाचारमा उल्लेख छ ।
अहिलेसम्म कुनै क्षतिको समाचार आएको छैन।


