२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:56 pm
Banner

झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

सूचना प्रेस २०८२ कार्तिक १३ बिहिबार ००:००, १४:१३ बजे १ मिनेट पढाइ

काठमाडौं, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा आज उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् ।

“माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,” खनालले भने ।