१० कार्तिक २०८१, शनिबार 1729952188
समाचार

सामुदायिक वन फँडानी गर्ने वडाध्यक्षसहित चारजना पक्राउ

काठमाडौं । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका–११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह छन् ।

मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष वलीविरुद्ध उजुरीका परेको थियो ।