२८ कार्तिक २०८३, शनिबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:07 am
समाचार

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा सम्मानित

सूचना प्रेस २०८२ असार १४ शनिबार ००:००, १५:३८ बजे १ मिनेट पढाइ

काठमाडौं, १४ असार । मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा सम्मानित भएका छन् ।

शनिबार मदन भण्डारी फाउण्डेसनले जननेता भण्डारीको ७४औं जन्मजयन्तीमा जलवायु परिवर्तका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शेर्पालाई सम्मानित गरेको हो । शेर्पालाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

४७ वर्षीय शेर्पा वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङ गाउँका बासिन्दा हुन् ।