काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदैछन् ।
प्रधानमन्त्री केपी केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार बिहान नेपाल आएका उनी आज आफ्नो देश फर्किन लागेका हुन् । स्वदेश फर्किनुअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

आइतबार काठमाडौं काठमाडौं आउनेबित्तिकै मिस्री उच्चस्तरीय भेटघाटमा व्यस्त बनेका थिए। मिस्रीले आइतबार उच्चस्तरीय ५ भेटवार्ता गरे ।
विदेश सचिव मिस्रीले बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरे । त्यसअवसरमा मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिए ।
प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । आइतबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा द्विपक्षीय सम्बन्धमा भएको प्रगतिबारे सचिव मिस्रीले जानकारी गराएका नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।


