आगामी मंसीर ४ गतेको संघ र प्रदेश निर्वाचनमा जनपरिचालनको सबालमा भिन्न रुपमा सोच्नु जरुरी देखिन्छ । पार्टीको सबै भगिनी संगठनहरुलाई टोलटोलमा संयुक्त रुपमा विचार, रचना, दृष्टिकोण सहित व्यापक रुपमा परिचालन गर्दा दोहोरो मात्र होइन तेहरो फाइदा हुने देखिन्छ । ठूला ठूला प्रचार प्रसार सभा र ¥यालीका मात्र गर्दा सबै अभियानमा सक्रिय हुने अवस्था हुँदैन । केहीले बोल्ने तर अरु सहभागी र श्रोतमा मात्र हुने अवस्था हुन्छ । तर ससाना वा ५,१० जनाको समूह बनाई टोलटोलमा सिर्जनात्मक रुपमा परिचालन गर्दा सबै सक्रिय सिर्जनात्मक हुने र अपनत्वको दायरा व्यापक हुने देखिन्छ । यस्तो अभ्यास प्रदेश नं. १ मा नै संस्कृति विभागकोृ परिकल्पनामा राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा परिचालन गर्न खोजिएको थियो तर कम्तीमा सुनसरीमा भने यस्तो खालको अभ्यास प्रभावशाली रहेको थियो ।
पहिलो कुरा ज्येष्ठ कम्युनिस्ट मोर्चा संगठन लगायतका सबै प्रगतशील लोकतान्त्रिक स्रष्टा र कलाकारहरुलाई खोजी खोजी ४,५ दिन पहिले नै चुनावी गीत,मुक्तक,जगल,सायरी,क्यारिकेचर,प्रहशन,संक्षिप्त नाट्य अभिनय सिर्जना गर्न सूचना गर्ने र सबैलाई एउटा सभाकक्षमा आमन्त्रण गरी सिर्जना अभ्यास गर्ने गरिएको थियो ।
अनि राम्ररी अभ्यास गरेपछि समूह समूह बनाइ आ–आफ्ना पाइक पर्ने वार्ड र टोलमा बिहान वा बेलुका अनुकूल समयमा चिया पसल वा जनता जमघट हुने ठाउँमा एक डेढ घण्टे रचनात्मक कोण सभा गरिएको थियो । यसले नयाँ जोस जगाएको थियो । यस्ता कार्यक्रमका फाइदा यस्ता देखिए,
१.एक त सबै पार्टी कार्यकर्ता,स्रष्टा,कलाकार, सक्रिय हुने ।
२.खेर जाने वा गइरहेको समय सदुपयोग हुने ।
३.सरल र मितव्ययी प्रचार प्रसार हुने ।
४. भुईँ तहदेखि नै कार्यकर्ता समर्थक पार्टी प्रति अरु प्रतिबद्ध हुने ।
५ श्रम पसिना गरेपछि अझ अपनत्व बोधमा व्यापक बृद्धि हुने ।
६.बत्ती बलेपछि पुतली झुम्मिन्छन् भनेझैँ यस्ता कार्यक्रमका कारण सकिय सहभागिता अरु बढ्ने ।
७. निर्वाचन आचार संहिताको पनि पालना हुने ।
त्यति बेला हामीले ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी, सदस्य तथा समर्थकहरुलाई पनि ससाना समूह बनाउन खोजेका थियौँ र उनीहरुलाई टोलटोलमा पाइक पर्ने ठाउँमा परिचालन गरी चुनावी भजन र कीर्तन सञ्चालन गर्न खोजिएको थियो ।
प्रदेश नं. १ संस्कृति विभागको परिकल्पना र निर्देशन तथा सुनसरी जिल्ला पार्टी संस्कृति विभागको समन्वय तथा सहजीकरण र महासंघ सुनसरीको सक्रियता र पहल कदमीकमा धरान र इटहरीमा चुनावी काव्य कोण सभा सम्पन्न गरिएको छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रसिद्ध नृत्य निर्देशक मनिकुमार राईको नेतृत्व र सचिव गिरिराज खतिवडाको क्रियाशीलतामा एमाले केन्द्रीय सल्लाहकार तथा बरिष्ठ स्रष्टा कुन्ता शर्मा, महासङ्घका विभिन्न विधागत संगठनका केन्द्रीय सदस्य तथा वरिष्ठ सर्जक कलाकारहरु क्रमशः महेन्द्र राई, हीरा ओझा, बालिका पौडेल,रेखा सुवेदी, वरिष्ठ कलाकार हर्क चुम्मे, रोमनाथ ढुङ्गेल प्रलेस, सुनसरीका अध्यक्ष टीका मिलनल लगायत स्रष्टाहरुको कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो ।
बिहान ७ देखि ९ बजेसम्म चियाको चुस्कीसँगै उक्त काव्य कोण सभाहरु सम्पन्न भएका छन् भने स्रष्टाहरुको अनु्कूलतालाई ध्यानमा राखेर बेलुका ५.०० बजेदेखि ७.०० बजेसम्म पनि गरिएको थियो ।
यसरी इटहरीका कम्तीमा ७ वटा ठाउँमा काव्यकोण सभा गरिएको थियो । त्यहाँ गरेका गीत र संगीत तथा नृत्यको कार्यक्रमबाट प्रभावित भएर बटुवाहरु समेत केही छिन नाचेका थिए । धरानकै भानुचोकमा बैशाख ९ गते काव्यकोण सभामा प्रसिद्ध कलाकार द्वय बालकृष्ण कार्की र दुर्गा पराजुलीको चुनावी गीतको क्यासेट एमाले प्रदेश नं. १ संस्कृति विभाग प्रमुख प्रा.डा. बद्रीविशाल पोखरेलले विमोचन गरेका थिए । महासंघका अध्यक्ष तथा प्रसिद्ध नाट्य निर्देशक मनिकमार राईको अध्यक्षमा सञ्चालित सभामा कविहरु जनार्दन वस्ती, गिरिराज खतिवडा,योगीन्द्र रिजाल ,सागरमणि दाहाल,रोमनाथ ढुङ्गेल तथा झरना पौडेल दाहालले पनि कविता,गीत र गजल वाचन गरेकी थिइन् । काव्यकोण सभाका कार्यक्रमहरुमा विभिन्न सर्जकहरुले चुनावी रचनाहरु वाचन गरेका थिए । एमाले पार्टीकी केन्द्रीय सल्लाहकार कुन्ता शर्माले आजीवन पार्टी अध्यक्ष र प्रधानमन्त्री वा मन्त्री बन्न आफ्नो घर नै खरानी पार्नेहरुलाई यसरी कवितामा कटाक्ष गरेकी थिइन् ,
तपाईँलाई सत्ता र सम्पन्नताको लिप्साले
सदा पिरोलेको छ
आजीवन सदा कुर्सीमा बुर्कुसी मार्न हत्तेहाल्ल्दा
निज निवास खरानी बनाउनु भएको छ
भँडार खनेर आँगन पुर्दै हुनुहुन्छ । ( कुन्ता शर्मा,धरान)
इटहरी ५ निवासी लेखक मिथिला पोखरेलले देश ,जनतालाई ठगी धन्धा गर्ने गठबन्धन नामको ठग बन्धनको उछित्तो काड्दै यसरी कविता वाचन गरिन् ।
गठबन्धन होइन यो ठगबन्धन
महिलाको हक खोस्ने ठग बन्धन
बाँडीचुडी मन्त्री खाने देशमा केही नगर्ने
खानै मात्र जन्मेकालाई किन भोट दिने
ठगारको फन्दामा परे आफैँ ठगिन्छ
यस्तै चाला रह्यो भने पछि परिन्छ ।
नेपाल,दाहाल देउपाको नितान्त निजी स्वार्थ केन्द्रित गठबन्धका कारण देशको स्वाधीनता नै विलुप्त हुन्छ कि भन्ने चिन्ताले ग्रस्त कवि एकराज भट्टराईले निम्न कवितामा उल्लेख गरेका छन्,
विलुप्त हुन्छ कि नक्सा नेपाली मन रुन्छ नि !
पुर्खाकामा रक्त रेखाले कारेको देश जान्छ कि ?
दासका दासको दास दासले देश खान्छ कि ?
थियो देश कहीँ हाम्रो भविष्य प्रश्न गर्छ नि !
( वरिष्ठ कवि प्रा. एकराज भट्राईं,विराटनगर)
उपर्युक्त कवितांशले नेपाल राष्ट्रको अत्यन्त संवेदनशील, सङ्गीन मार्मिक अवस्थालाई प्रतिबिम्बित तथा प्रतिध्वनित गरेको छ । यस्ता कार्यक्रममा अरु लेखक कविले रचेका रचनाहरु पनि वाचन गर्न सकिन्छ र गर्दा हुन्छ । आगामी निर्वाचन पनि देश र जनता र जनजीविकाका पक्षधर पार्टी, गठबन्धन र व्यक्तिलाई विजय गराउने कि त्यसका विरोधी पार्टी,गठबन्धन र व्यक्तिलाई विजय गराउने भन्नेमा केन्द्रित छ ।
अहिले एकाध नेता र पार्टीका चरम असक्षमतालाई आधार बनाएर एमाले र ओलीलाई पनि त्यही तराजुमा जोख्ने दुष्प्रयत्न सुरु गर्दै स्वतन्त्र उम्मेदवारका पक्षमा क्रित्रिम माहौल तयार गर्ने दुस्साहस गर्न खोजिएको देखिन्छ । यस्ता भ्रमहरुलाई समाप्त पानुृ पर्छ ।
जयसिंह धामी प्रकरण दोहो¥याउने हो भने चुच्चे नक्सा बुच्चे पार्ने अझ ठूलो आकारको राष्ट्रघात गर्न दिने हो भने जनविरोधी गठबन्धनका उम्मेदवारलाई मतदान गर्दा हुन्छ । ७ मन्त्रालय रहेको प्रदेश सरकार अहिले १४ जना मन्त्री बनाएर ब्रम्हलुट गरिएको छ । तालाचाबी लिएर बसेको यो गठबन्धन सरकार आफैँ २४ लाख कोरोना खोप हरायो भन्छ तर चोरको खोजी गर्दैन । संसारमा नभएको तमासा यही गठबन्धनले गरिरहेको छ ।
ओली सरकारसित तुलना गर्दा यो सरकार अहिले सम्मकै सबै भन्दा निकम्मा सरकार हो । अलिकति सामान्य विवेक राख्ने जो कोहीले भारत अनुकूल वा कन्फर्टेवल सरकार र गठबन्धनका उम्मेद्वारलाई भोट दिनु राष्ट्रघातलाई भरपूर सहयोग गर्नु हो ।
बाध्यात्मक रुपमा संसद् विघटन गर्ने ओलीलाई प्रतिगामी भन्नेहरुले महाभियोग लगाइएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयानबाट मूर्छा पर्नु पर्ने हो । खुसी,खोकी,प्रेम र राजनीतिक षडयन्त्र धेरै दिन लुक्तैन भनेको यही हो माकुने जी । अब यस्ता दृश्य पहिले नै देखीदेखी मुख सिएर बस्ने तर आदरणीय पार्टी अध्यक्ष प्रति सदा बिस वमन गर्ने घनश्याम भुसालका खोलोफड्को गर्ने दिन समाप्त भए ।
मदन भण्डारीले। मदनले कार्लमाक्र्सले भनेझैँ मजदुर वर्गले आफैँले जितेर मुक्ति प्राप्त गर्नु पर्छ भन्ने कुरालाई अझ स्पष्ट पार्दै हामी मुक्तिदाता होइनौँ भन्नु भयो । अर्थात् कम्युनिस्ट आन्दोलन संस्कारकै महानतम आन्दोलन हो । यसलाई माथिबाट थोपरेर होइन तलतलबाट जागृत,सचेत संगठित गरेर उठाउनु पर्छ भन्ने कुरामा जोड दिनु भयो । यही कारण नेपालमा मात्रै कम्युनिस्ट आन्दोलनको झण्डा लहराएको र यसले नौमहिने अल्पमतको सरकार मार्फत् पहिले कहिल्यै कसैले नगरेका र एमाले बाहेक अरु कसैले भोलिका दिनमा पनि गर्न नसक्ने कामहरु गरेको छ । यसैगरी ओली नेतृत्वको सरकारले देश, जनता र जनजीविका हितमा विगत सारकारसित दाँज्दा अतुलनीय काम गरकै हुनाले बन्चराका बीँडहरु नै अघि सरेर ढालेका हुन् ।
नाकाबन्दी नभन्ने तिमी लाचार
नाकाबन्दी बन्द गर्ने ओली सरकार
ओलीका सामु पर्दा मोदी थरर
तिमी चाहिँ मोदी सामु सदा लम्पसार
(प्रा.डा. बद्रीविशाल पोखरेल,इटहरी ५ )
पार्टी अध्यक्ष ओलीले भनेझैँ नेपाली कांग्रेस झिँगासित गठबन्धन गर्दै तिनको संगतबाट रछानतिर जाँदैछ । यथास्थिति विरुद्ध उभिने शक्तिहरुले एक आपसमा चुनावी तालमेल गर्नु स्वाभाविक छ र हुन्छ ।
जब देश र जनताका शत्रुहरु गठबन्धन गर्छन् तब मित्रशक्तिहरुलाई सकेसम्म खोजीखोजी अस्थायी रुपमा भए पनि गोलबद्ध गर्नैपर्छ ।
भारत अनुकूलको वा कन्फर्टेवल सरकार र तिनका मतियारहरुको कम्युनिस्ट खोल चोलेन्द्र शमशेरले नै निर्वस्त्र पारिदिए । यिनै भावनाका साथ सुनसरीका स्रष्टाहरु निर्वाचनमा सिर्जना सहित सडकका उत्तिएका थिए ।
जन हितका राम्रा काम गर्दा एमाले
शत्रुहरुको घेरामा प¥यो एमाले
जनताकै साथ पाई जाग्छ एमाले ( मिथिला पोखरेल,इटहरी ५ )
उक्त कवितामा कम्युनिस्टको खोल ओडी कम्युनिस्ट विरुद्ध जेहाद छाडेर लाग्ने धन्धुकारी प्रवृत्तिलाई अनेम संघ केन्द्रीय सदस्य पोखरेलले चाटिलो व्यङ्ग्य गरिन् । चिया पान : निर्वाचन अभियान नामको चियाको चुस्कीका साथ सम्पन्न गोष्ठीमा अर्की महिला नेतृ रुक्मणि कोइरालाले कम्युनिस्ट नामका लालगृह जलाउने धन्ुधकारीको उछित्तो काड्दै लेखिन् ,
देश विकास गर्नेलाई खुट्टा तान्न थाल्छन्
चम्किलो सूर्य त्यागी आफ्नै खाल्टो खन्छन् । (रुक्मणि कोइराला)
एमाले सुनसरी जिल्ला संस्कृति विभाग प्रमुख प्रसिद्ध लोक गायक बालकृष्ण कार्कीले निर्वाचन एलौ दिदी, निर्वाचन एलौ बहिन, भोट दिए जाए पड्तो, सुरज छापमे बोलको थारु भाषाको कर्णप्रिय गीत गाएका थिए ।
ओली नेतृत्वको सरकारले पहिले कहिल्यै, कुनै पनि सरकारले नगरेका,गर्न नचाहेका,नसकेका र नसोचेका र भोलि फेरि एमाले बाहेक अरु कसैले गर्न नसक्ने जनहितका कामहरुको कलात्मक प्रस्तुति गर्दै दीपेन्द्र अधिकारीले ओली नेतृत्वकोसकारात्मक कामको सिर्जना मार्फत् उल्लेख गरेका छन् तर गुणी जनले मात्र गुणको कदर गर्छ । दुर्गुणीले गुण र गुणीजनको कहिल्यै चर्चा गर्दैन भनेझैँ । आग्रह बिना गुण ग्रहण नगरी सदा सराप्नमा नै रमाउने प्रवृत्ति कतिपय नेपालीको रहेको पनि देखिन्छ ।
युगले जन्माएको युग पुरुष ओली
गोली भन्दा छिटो पुग्छ उनको तीखो बोली,
दीपेन्द्र अधिकारी
धरान निवासी छन्दोबद्ध कवि मछिन्द्र खत्री बामशक्तिलाई एक एक निहुँ र अत्तो थापी क्षतविक्षत पार्न उद्यत धन्ध्ुकारी प्रवृत्तिप्रति तीव्र आकोष व्यक्त गर्दै कवितामा यसरी प्रस्तुत भएका थिए,
फुटाएर आए उता भव्य पार्टी
ठुलो भाग खान यता आएँ साथी हिडूँ खै म एक्लै कतै आँट छैन
चुनावमा जित्ने कुनै ठाउँ छैन
चारतारे झन्डाको औलो समाएँ
गरेको छु मैले फुटाउने धन्दा
यसैमा समाएँ निकै भव्य चन्दा
कम्युनिज्मलाई मैले बिसाएँ
(मछिन्द्र खत्री, धरान)
लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।