२४ आश्विन २०८३, शनिबार 2:33 am
कला/साहित्य

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

काठमाडौं : अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ। 

उपचारका क्रममा गत वर्ष उनको निधन भएक थियो। मोडल घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। 

त्यस्तै घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, बरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। 

कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दा गर्दै दुर्घटनामा परी घाइते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए।