१८ भदौ २०८३, बिहिबार 1788437275
कला/साहित्य

निर्देशक निश्चल बस्नेतको आक्रोश : ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

काठमाडौं । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि नेपाली चलचित्रका निर्देशक निश्चल बस्नेतले ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् ।

उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणले मंगलबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।