१६ जेष्ठ २०८३, शनिबार 1780156936
कला/साहित्य

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री

काठमाडौं : ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि हात पारेका हुन्।

पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शीर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन्।

प्रतियोगितामा मिस्टरतर्फ सुजल संग्रौला फष्ट रनरअप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फष्ट रनरअप र बिदिसा श्रेष्ठले थर्ड रनरअपको उपाधि हात पारिन्।

१६ देखि २१ वर्षसम्मका एसईई तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुर्‍याउने उद्देश्यले आयोजित प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बानियाँ, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए।​

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिस कलेजबाट अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरूसमेत प्राप्त गरेका छन्।