१८ भदौ २०८३, बिहिबार 1788440931
कला/साहित्य

महजोडी अभिनित फिल्म ‘महापुरुष’ हेर्ने एमाले अध्यक्ष ओलीको इच्छा

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

श्रेष्ठ र आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटिकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।

अध्यक्ष ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गर्नुभएको छ । “मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु”, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ।

हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको थियो ।