२८ श्रावण २०८३, बिहिबार 1786612992
कला/साहित्य

क्यूएफएक्स सिनेमाले मंगलबार सबै हल बन्द गर्ने घोषणा

काठमाडौँ। क्यूएफएक्स सिनेमाले सोमबार देशभरि भएको जेनजी आन्दोलनमा घटेको ‘दुर्भाग्यपूर्ण’ घटनापछि मंगलबारका लागि सबै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका सिनेमा हलहरू बन्द गर्ने जनाएको हो । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबारको अकल्पनीय त्रासदीले हामीलाई गहिरो दुख दिएको छ। आफ्ना प्रियजन गुमाएका परिवार, साथीहरू र बालबालिकाप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गर्दछौँ। घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”