काठमाडौं । वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । हृदयघातका कारण आज बिहान उनको मृत्यु भएको हो ।
गंगालाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् ।
पाण्डेको निधनले चलचित्र क्षेत्रलाई ठूलो क्षति पुगेको लामाले बताएका छन् । पाण्डेले थुप्रै लोकप्रिय चलचित्र र म्युजिक भिडियो छायांकन गरेका थिए । नेपालको पहिलो डिजिटल फिल्म कागबेनी उनैले खिचेका थिए ।